पोखरामा दिउँसै सुनको सिक्री चोरी गर्ने सुमन प्रकाउ
पाेखरा | पुस ६, २०८०
पोखरा: पोखरामा सुनको सिक्री चोरी गरेको आरोपमा सुमन परियारलाई प्रहरीले प्रकाउ गरेको छ ।
सुनको सिक्री चोरी गरेको आरोपमा प्रहरीले सुमनलाई बुधबार सिद्धार्थ चोकबाट प्रकाउ गरेको हो ।
पोखरा महानगरपालिका–२७ बस्ने हेमन्त पुनले घाटीमा लगाएको सुनको सिक्री सुमनले महेन्द्रपुलबाट चोरी गरेर फरार भएका थिए । सुनको सिक्री चोरी भएको सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्की र महेन्द्रपुल प्रहरी बिटबाट खटिएको प्रहरीको टोलीले सुमनलाई पोखरा ४ सिद्धार्थ चोकबाट प्रकाउ गरेको हो ।
प्रकाउ परेका सुमनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
रुकुम पूर्व: रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपमा पहिलो दिन शसस्त्र...
पोखरा: पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन । जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले ह...

